संगीतकर्मी विजयसिंह मुनाल रहेनन्

काठमाडौं– सङ्गीतकार विजयसिंह मुनालको सोमबार विहान निधन भएको छ । पारिवारिक घुमघामको क्रममा सहकर्मीहरुका साथ धनगडी पुगेका संगीतकर्मी मुनालको राती सुतेकै अवस्थामा निधन भएको उनको पारिवारिक सदस्यले बताएका छन् ।
सोमबार राती ९ बजे मुनालले काठमाडौं बानेश्वरमा रहेकी आफ्नी छोरी गायिका वृन्दासँग टिकापुर घुमघामको दिनभरिको रमाइलो अनुभूति सुनाएका थिए । रमाइलो घुमघाम गरि परिवारसँग कुराकानी गरेर सामान्य अवस्था मै सुतेका थिए तर बिहान अचानक उनी मृत अवस्थामा भेटिए । उनको पार्थिव शरीरलाई धनगडीबाट एम्बुलेन्समा राखेर काठमाडौं ल्याएको थियो । मंगलबार बिहान पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ ।
विजय सिंह मुनालका ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपाल बाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन् । उनी उदित नारायण झाका नजिकका साथी पनि हुन् । उदितनारायण, मधु क्षेत्री र विजयसिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण झालाई मुम्बइमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।
कुनै बेला रेडियो नेपालका गीत रेकर्डिहरुमा कंगो बादन गर्ने मुनाल स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा देखा पर्दथे । रेडियो नेपालको गीत रेकर्डको यात्रामा उनी २०३५–२०३६ सालदेखि कंगोबादकका रुपमा रहेका थिए । उनले सयौं गीतहरुमा कंगोवादन गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...