प्रदेश राजधानी नपाउँदा चर्कियो आन्दोलन

काठमाडौं– सरकारले बुधवार अस्थायी प्रदेश राजधानी घोषणा गरे लगत्तै देशका केही स्थानमा आन्दोलन चर्किएको छ । खासगरी धनकुटा, वीरगञ्च, दाङ तथा दिपायलमा आन्दोलन चर्किएको हो ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी केन्द्र विराटनगरलाई बनाएको विरोधमा बिहिबार बिहानैदेखि धनकुटामा तोडफोड र आगजनी हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बिहान साढे ११ बजेदेखि लागू हुने गरी पूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म र दक्षिणमा पातले खोलासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् । धनकुटामा सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट थप सुरक्षाकर्मी समेत मगाइएको छ । केही सातादेखि प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको थियो भने प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीले क्षेत्रीय कार्यालय, डिभिजन कार्यालय, वारुण यन्त्र लगायतमा तोडफोड गरेका छन् ।
उता, प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै भएको बन्द र प्रदर्शनले वीरगञ्जको जनजीवन ठप्प भएको छ । सरकारले हिजो सातवटै प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको थियो । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि गठित संघर्ष समितिको आह्वानमा यसअघि पनि चरणबद्ध आन्दोनलका कार्यक्रमहरु भइरहेका थिए । संघर्ष समितिले एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण यातायात, पसल, बजार सबै ठप्प पारिएको जनाएको छ । वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल र रिक्सा भने चलिरहेका छन् । प्रदर्शनकारीले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोको विरोधमा समेत नाराबाजी गरेका छन । संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर घण्टाघरमा रिले अनशन चलिरहेको जानकारी दिए ।
प्रदेश–५ को राजधानी दाङ बनाउन माग राख्दै हिजो देखि अनिश्चितकालीन दाङ बन्द गरिएको छ । बन्दका कारण बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने शिक्षण संस्था, कलकारखाना समेत ठप्प छन् । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...