प्रदेश राजधानी नपाउँदा चर्कियो आन्दोलन

काठमाडौं– सरकारले बुधवार अस्थायी प्रदेश राजधानी घोषणा गरे लगत्तै देशका केही स्थानमा आन्दोलन चर्किएको छ । खासगरी धनकुटा, वीरगञ्च, दाङ तथा दिपायलमा आन्दोलन चर्किएको हो ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी केन्द्र विराटनगरलाई बनाएको विरोधमा बिहिबार बिहानैदेखि धनकुटामा तोडफोड र आगजनी हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बिहान साढे ११ बजेदेखि लागू हुने गरी पूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म र दक्षिणमा पातले खोलासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् । धनकुटामा सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट थप सुरक्षाकर्मी समेत मगाइएको छ । केही सातादेखि प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको थियो भने प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीले क्षेत्रीय कार्यालय, डिभिजन कार्यालय, वारुण यन्त्र लगायतमा तोडफोड गरेका छन् ।
उता, प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै भएको बन्द र प्रदर्शनले वीरगञ्जको जनजीवन ठप्प भएको छ । सरकारले हिजो सातवटै प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको थियो । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि गठित संघर्ष समितिको आह्वानमा यसअघि पनि चरणबद्ध आन्दोनलका कार्यक्रमहरु भइरहेका थिए । संघर्ष समितिले एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण यातायात, पसल, बजार सबै ठप्प पारिएको जनाएको छ । वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल र रिक्सा भने चलिरहेका छन् । प्रदर्शनकारीले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोको विरोधमा समेत नाराबाजी गरेका छन । संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर घण्टाघरमा रिले अनशन चलिरहेको जानकारी दिए ।
प्रदेश–५ को राजधानी दाङ बनाउन माग राख्दै हिजो देखि अनिश्चितकालीन दाङ बन्द गरिएको छ । बन्दका कारण बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने शिक्षण संस्था, कलकारखाना समेत ठप्प छन् । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



