टेक्सासमा लुटेराको गोली लागी गोरखाका पाण्डेको निधन

अमेरिका, टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागी एक नेपालीको निधन भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखा घर भएका ३५ वर्षिय मनिस पाण्डेको निधन भएको हो । उक्त ग्याँस स्टेशनका मालिक पनि मृतकका आफन्त कृष्ण पन्त नेपाली नै हुन् । ग्याँस स्टेसनमा कार्यरत मृतक पाण्डेकी श्रीमति केहि समय अघि मात्रै नेपालबाट आएको बताइएको छ । पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।
स्थानीय गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि नेपालीको हत्या भएको हो । स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन । राति १२ बजे स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँडे ११ बजे सो घटना भएको हो ।
पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरुसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरुको सुझाएका छन । अमेरिकामा प्रत्येक बर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागी ठुलो सख्यामा मानिसहरुको मृत्यू हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेसनमा हत्या हुने नेपालीको सख्या दिनानु दिन बढ्दो छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...