राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् ।
आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार १० माघमा उम्मेदवारको मनोनयन दर्ता र १५ माघमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
२४ माघ बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातवटा प्रदेशबाट निर्वाचित प्रदेशसभाका ५५० जना गरी कूल दुई हजार ५६ जना मतदाताले मतदान गर्नेछन् ।
राष्ट्रिय सभामा निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...