राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बुधवार ८३ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी परेको छ भने प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश नं १ मा १२ जना, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको छ ।
१ नम्बर प्रदेशमा एमालेको तर्फबाट ६, कांग्रेसको तर्फबाट ४, माओवादीको तर्फबाट १ र राप्रपाको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका छन । २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरमले कांग्रेससँग सहकार्य गरेर दुईरदुई जना उम्मेदवार बनाएका छन् । एमाले, माओवादी केन्द्र र समाजवादी पार्टी नेपालले १र१ जनाको मनोनयन दर्ता गरेका छन् ।
३ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ६ तथा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाले १ जना उम्मेदवार बनाएका छन् । ४ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ४ तथा माओवादी केन्द्रले २, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाले उम्मेदवारी दिएका छन् । प्रदेश नं ५ मा एमालेका चार, कांग्रेसका चार, माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाको एक जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश ६ मा वाम गठबन्धनको तर्फबाट एमालेका ५ तथा माओवादी केन्द्रका ३ जना र कांग्रेसका ४ जनाको मनोनयन दर्ता भएको छ । प्रदेश नं ७ मा कांग्रेसका तर्फबाट ४, एमालेको तर्फबाट ४ र माओवादी केन्द्रको तर्फबाट २ जनाले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तासँगै निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीलाई थप तीव्रता दिएको छ । निर्वाचन आयोगले आगामी सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।