आईपीएल खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयर डेभिल्सका तर्फबाट खेल्ने भएका छन् । आज आईतबार भारतमा सम्पन्न अक्सनमा लामिछाने छनौटमा परेका हुन् ।
विश्व क्रिकेटको सबैभन्दा ठूलो लिगको अक्सनमा कुनै नेपाली नेपाली खेलाडी परेको यो पहिलो अवसर हो । सन्दीपले गत वर्ष हङकङ ब्लिट्ज खेलेका थिए भने अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कको निम्तामा गएर उनकै क्लबबाट अस्ट्रेलियामा स्थानीय लिग खेलेका थिए ।