गुल्मी समाज अष्टेलियाको साधारण सभा सम्पन्न

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
श्याम के सी को अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
नेपालको गुल्मी जिल्लाबाट अष्ट्रेलिया आइ विभिन्न पेशा अध्यान र ब्यबसायमा  रमेका गुल्मीबासीहरूको साझ संस्था गुल्मी समाज अष्टेलियाको गत २७ जनवरीका दिन सिड्नीको रक्डेलमा साधारण सभा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष भिम खरेलको अध्यक्षतामा सम्पन्न उक्त सधारण सभाले आगामी कार्यकालका लागि श्याम केसीलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको छ ।  यसै गरी साधारण सभाले उपाध्यक्षमा, कमला बस्नेत र चतुर्भुज खरेल सचिबमा प्रेम सापकोटा, सहसचिवमा बिष्णु काफ्ले ,कोषाध्यक्षमा रमेस मरासैनि लाइ चयन गरेको छ।  संस्थाका कार्यकारी सदस्यहरु मा नवराज खराल, दिगविजय अर्याल, मुस्कान पाण्डे, सुबोध थापा, कृष्ण खरेल, बिष्णु भुसाल, युबराज भण्डारी र बिष्णु घिमिरे सर्बसम्मत निर्बाचित भएका छन्।
साधारण सभा पछि सम्पन्न घोषणा सभा एबम भेटघाट समारोहमा ठुलो संख्यामा गुल्मेली, गुल्मी संग भावनात्मक सम्बन्ध भएकाहरु र नेपाली समुदायका सदस्यहरुको ठुलो उपस्थिति थियो।  कार्यक्रमको बिशेष आकर्षणको रुपमा गायिका एबम चर्तित उद्घोषिका मन्जु पौडेलको उपस्थिति थियो।  बिबिध संस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा सहभागीले नब निर्बाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामान  दिएका थिए । नब निर्बाचित कार्यसमितिलाई निबर्तमान अध्यक्ष भिम खरेलले पद तथा गोपिनियताको सपथ ग्रहण गराएका थिए। नब निर्बाचित अध्यक्ष श्याम के सीले बिगतमा जस्तै सबै बाट सहयोगको निरन्तरता हुने बिश्वास लिदै सबै संग हातेमालो गर्दै अगाडी बढ्ने बताए।