आजदेखि प्रदेश सभाको बैठक

काठमाडौं– प्रदेशसभाको बैठक आज बिहिबारदेखि प्रारम्भ हुँदैछ । प्रदेश नम्बर ३ को पहिलो बैठक आज बिहीबार मकवानपुरको हेटौंडामा बस्दैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठक बोलाउनुभएको हो । माघ ३ गते निर्वाचन आयोगले समानुपातिक प्रदेश सांसदको अन्तिम परिणाम घोषणा गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार ढिलोमा माघ २३ गतेसम्म प्रत्येक प्रदेशमा बैठक बोलाइसक्नुपर्नेछ । २२ गतेसम्म सबै प्रदेशमा बैठक बोलाइएको छ।
संविधानको धारा १८३ मा प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्यको व्यवस्था छ । संविधानमा भनिएको छ( ‘प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ ।’ प्रदेशसभाको पहिलो बैठक शुरू भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् । प्रदेश सभामुख र प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामुखको निर्वाचन नभएसम्म उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभाको अन्तिम परिणाम प्राप्त भएको मितिले बढीमा ३० दिनमा प्रदेश सरकार गठन हुनुपर्छ । कुनै दलले एक्लै बहुमत प्राप्त गरेको अवस्थामा उक्त दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एक दलको बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले बढीमा ३० दिनभित्र सरकार गठन भइसक्नु पर्नेछ ।
प्रदेश प्रमुखको कार्यालयका लागि सह–सचिवको नेतृत्वमा १३ सदस्यीय टोली यसअघि नै गइसकेको छ। सह–सचिव नै त्यहाँको प्रदेश सचिव हुनेछन्। सरकारले प्रदेश बैठक सञ्चालनका लागि भौतिक संरचना भाडामा लिए पैसा तिर्न नसकिने जनाइसकेको छ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...