हस्तान्तरण भयो धुर्मुस–सुन्तलीको नमूना वस्ती

चन्द्रनिगाहपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज मंगलबार हस्तान्तरण गर्नुभएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमासमारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नु भएको छ र त्यो एकदमै अतुलनीय भएको उल्लेख गर्नु भयो । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको उहाँले बताउनु भयो । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताउनुभयो ।
हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले पनि नमूना बस्तीको खुलेर प्रशंसा गर्नुभयो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताउनुभयो ।
सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण गरिएको छ । गत असोज ४ गते शिलान्यास भएको उक्त नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ निर्माण भएका छन् ।
गत साउनमा आएको बाढीले उक्त गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब पाँच करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित उक्त बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खट्नुु भएको थियो ।
बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...