राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धनकै बहुमत

काठमाडौं – बुधवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धनकै बहुमत आएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार ५६ स्थानका लागि भएको निर्वाचनमा वाम गठबन्धन ३६ सिटमा विजयी भएको छ भने कांग्रेसले १३ सिट मात्र जितेको छ । मधेस केन्द्रित दुई दलले चार सिटमा जितेका छन् ।
निर्वाचनको पछिल्लो परिणामअनुसार प्रतिनिधि र प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको एमालेले २५ स्थानमा जितेको छ ।
माओवादी केन्द्रले ११ सिट जितेको छ । एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर एक र तीनबाट पाँच–पाँच सिट जितेको छ भने सबैभन्दा काम प्रदेश दुईमा एक सिटमा मात्र सीमित बनेको छ । एमालेबाट ११ महिला निर्वाचित भएका छन् । कांग्रेसबाट ६ र माओवादीबाट तीन महिला राष्ट्रिसभामा विजयी भएका छन् ।
प्रदेश १ बाट एमाले पाँच, कांग्रेस दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ । प्रदेश २ मा कांग्रेस, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरम दुई–दुई स्थानमा र एमाले र माओवादी एक–एक स्थानमा विजयी भएका छन् ।
प्रदेश ३ मा एमाले पाँच, कांग्रेस दुई र माओवादी एक स्थानमा विजयी भएको छ । प्रदेश ४ मा कांग्ेरस र एमाले तीन–तीन तथा माओवादी दुई स्थानमा विजयी भएको छ । प्रदेश पाँचबाट एमाले चार, कांग्रेस र माओवादीको दुई–दुई ठाउँमा जितेका छन् ।प्रदेश छमा एमाले ३, कांग्रेस।। माओवादीले २जितेका छन् भने प्रदेश सातमा एमालेले चार, कांग्रेस र माओवादीले दुई–दुई सिट जितेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...