आयोगले तोक्यो सिट संख्या

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र थ्रेसहोल्ड कटाएर सिट प्राप्त गरेका छन् ।
तीन प्रतिशत अथवा त्यो भन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक तर्फको सिट पाउने संवैधानिक व्यवस्था छ । जस अनुसार प्रतिनिधिसभामा समानुपातिक तर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६र६ सिट पाएका छन् ।
आयोगका अनुसार समानुपातिक तर्फ प्रतिनिधिसभामा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला पठाउनु पर्नेछ । आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।

मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आयोगले राष्ट्रिय सभा निर्वाचन नभएका कारण सार्वजनिक गर्न सकेको थिएन।