क्यान्बेरामा अर्थ राज्यमन्त्री संग अन्तर्कृया
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

क्यान्बेरा । नेपाल सरकारका माननिय अर्थ राज्यमन्त्री उदय शम्सेर राणाको नेतृत्वमा अष्ट्रेलिया भ्रमणमा रहेको अर्थ मन्त्रालयको भ्रमण दलसँग गैर आबसिय नेपाली संघ अष्ट्रेलिया एसिटि राज्य समितिले एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । गत १२ फेब्रवरीका दिन नेपाली दूताबास, क्यान्बेराको पारिसरमा आयोजित उक्त अन्तर्कृया कार्यक्रममा भ्रमण दलमा रहनु भएका अर्थ मन्त्रालयका सहसचिब गणेश पाण्डे र डा. बासुदेब पौडेल, उपसचिव मोहन सिंह बस्नेत सहभागी हुनुहुन्थ्यो । अन्तर्कृयामा सहसचिब डा. बासुदेब पौडेलले नेपालमा बैदेशिक लगानी प्रबर्धनको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हालसालै नेपाल सरकारबाट गरिएका नीतिनियम परिमार्जनले नेपालमा बैदेशिक लगानीको लागि निकै सहज बातावरण बनाएको तर्क प्रस्तुत गर्नुभयो । वहाँले नेपाल सरकारले जलबिधुत, पर्यटन, कृषि तथा उधोग र ब्यापारका क्षेत्रलाई नेपालमा बैदेशिक लगानिको प्राथमिकता क्षेत्र तोकिएको प्रसँग उल्लेख गर्नुभयो । नेपालकाे दिगाे विकास र संघियता अनुरूप विकास गर्ने Foreign Direct Investment (FDI) police अत्यावश्यक भएकाे वारेमा प्रकास पार्नु भयाे।

उक्त अन्तर्कृया कार्यक्रमलाई गैर आबसिय नेपाली संघ अष्ट्रेलिया एसिटि राज्य समितिले कार्यपत्र प्रस्तुती र प्रश्नोत्तर आरी दुइ शत्रमा बिभाजन गरेको थियो । कार्यक्रममा क्यान्बेरा क्षेत्रमा बसोबास गर्ने बिभिन्न पेशामा कार्यरत नेपाली मुलका व्यावसायीक ब्यक्तित्वहरु, नेपाली समुदायका अग्रजहरू, विद्यार्थी तथा अभिभाबकहरु ले सहभागीता जनाएका थिए ।
कार्यक्रमको प्रश्नोत्तर शत्रमा अर्थविद डा. होम मुर्ती पन्त, डा. सीतराम घिमिरे, डा. सन्तोष अर्याल, डा. कृष्ण हमाल, डा. प्रेमजंग थापा लगायतका बौद्धिक ब्यक्तित्वहरु, विद्यार्थी, अभिभाबक र अन्यले लगानिको प्राथमिकता क्षेत्रमा भएका परिवर्तन, लगानिमा कर्मचारीतन्त्रका ब्यबधानहरु, मुनाफा स्थानन्तरण, बैदेशिक लगानीकर्ताको लागि हुन सक्ने दोहोरो कर प्रणाली र दायित्व जस्ता बिषयमा भ्रमण टोलिका सदस्यहरु संग बिबिधि प्रश्नहरु राखेका थिए । कार्यक्रमलाई अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पाले पनि सम्बोधन गर्नु भएको थियो । सम्पूर्ण प्रश्न कर्ताहरुलाई सम्बोधन गर्दै माननिय अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले अबका दिनमा बैदेशिक लगानी नेपाललाई अत्यन्त आबश्यक रेहेको उल्लेख गर्दै गैर आबसिय नेपालीले आफ्नो मातृभूमीका लागि लगानी गरिदिन अनुरोध गर्नुभयो । गैर आबसिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटि राज्य समितिका संयाेजक राजन ढुङेलको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा उपसंयाेजक अशाेक बस्नेतले स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन समितिका सचिब बाबुराम पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमकाे समाप्ति पश्चात मा. मन्त्रीज्यू र भ्रमण दलकाे सम्मानमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष राजन ढुंगेलले रात्री भाेजकाे अायाेजना गर्नु भएकाे थियाे । साे रात्रिभाेजमा अष्ट्रेलिया स्थिति अावसिय नेपाली राजदूत लक्की शेर्पा, राजदूतावास परिवार, क्यानवेराका प्रवुद्व बर्ग र विभिन्न संघ/संस्थाका प्रतीनिधी, अभिभावक तथा सदस्यहरूकाे उपस्थिति थियाे ।

दुई दिने यस भ्रमणमा मा. राज्यमन्त्री र भ्रमणदलका सदस्यहरूले अष्ट्रेलियन संसद भवनमा Hon. Michael Sukkar MP, Assistant Minister to the Treasurer, Chris Bowen MP, Shadow Treasurer Minister र Ministry of Finance का उच्चपदस्थ कर्मचारीसंग भेटी नेपालकाे लगानीका क्षेत्र र दुई पक्षीय सम्वन्धलाई थप घनिभुत गराउने विषयमा विचार अादन प्रदान गर्नु भएको थियो। उक्त भेटघाटमा नेपाली भ्रमण दलका साथ नेपाली राजदूतावास, क्यानवेराका उपनियाेग प्रमुख राजेन्द्र पाण्डे, गैर अावसिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष राजन ढुंगेल र गैर आबसिय नेपाली संघ अष्ट्रेलिया एसिटि राज्य समितिका उपसंयोजक अशाेक बस्नेत पनि समाबेश रहनु भएको उपाध्यक्ष ढुंगेल द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिनुभयो।