देउवाको राजीनामा, ओली नयाँ प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार बिहानर आफ्नो पदबाट राजीनामा दिएका छन् । केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन् । देशबासीका नाममा करिव १५ मिनेट सम्बोधन गरेका देउवाले कार्यकाल सफल बनाउन सघाउने मन्त्री, कर्मचारी, पार्टीका नेता लगायतलाई धन्यवाद दिएका छन् ।
सम्बोधनका क्रममा देउवाले आफ्नो सरकारले गरेका कामहरुको जानकारी गराएका थिए । आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्य पुरा गरेको देउवाले बताए । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आफूले सफलतापूर्वक सम्पन्न गराएको देउवाले बताए । संविधान कार्यान्वयनमा आएकोले राजनीतिक संक्रमणको अन्त्य भएको देउवाको धारणा थियो ।
देउवाले राजनीमा दिए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले भरखरै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कूलप्रसाद चुडालकाअनुसार ओलीले आजै ४ बजे सपथ लिनेछन् । ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । यसअघि उनी २०७२ असोजदेखि करीब ९ महीना प्रधानमन्त्री भएका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...