केपी ओलीको रुपमा देशले पायो नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री पदको सपथदेखि भारत भ्रमणको निम्तोसम्म

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ शपथ लिएसँगै उहाँ औपचारिक रुपमा देशको प्रधानमन्त्री बन्नु भएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी सामु पद तथा गोपनियताको शपथ लिनु भएको हो । ओली बिहिबकार बिहान मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
तीन सदस्यीय मन्त्रीपरिषद
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्री नियुक्त गर्नु भएको हो । नवनियुक्त दुवै मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिइसकेका छन् । पण्डित जनसंख्या तथा वातावरण र थममाया थापा मगर महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ । बिहिबार नै बसेको बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिकरव्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिइकी छिन् । बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्तसम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
मोदीको बधाइ तथा भारत भ्रमणको निन्तो
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले राति १०:३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएको र भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ । ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ ।
बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...