एक्सर्पट होली मेला २०१८ हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालीहरु को उल्लासमय पर्व होली नजिकिदै गर्दा  स्वदेशमा मात्रै नभई विदेशमा समेत होलि मनाउने प्रचलन बढिरहेको अवस्थामा अष्ट्रेलियाको सिड्नीमा पनि गत बर्षको अर्को निरन्तरता स्वरुप होली मेला अझ ब्यापक रुपमा मनाइदैछ ।  एक्सर्पट एजुकेशन मुख्य प्रायोजक रहेको र एक्सर्पट होली मेलाको रुपमा मनाउन लागिएको यो होली मेला आउदो फेव्रुअरी २५ का दिन रकडेलको वाइसेन्टिनियल पार्कमा विहान १२ बजे देखि साँझ १० बजेसम्म चल्नेछ।
निशुल्क प्रवेश रहेको यस कार्यक्रम नेप्लिज स्कुवाड इन्टरटेन्मेन्टको आयोजना र काठमाण्डौ टुर्स अनि एस पिपलको सहकार्यमा संचालन हुन लागेको हो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा गायक दिपक वज्रचार्य, गायिका इन्दिरा जोशी, गायक गिरिश खतिवडा र कार्टुन क्रुजका सदस्यहरुले आफ्ना आकर्षक प्रस्तुतिहरु रहेको आयोजकले जनाएका छन् ।  त्यसैगरि यस कार्यक्रममा  लामो समय देखि सिड्नीमै रहदै आएका चर्चित ऱ्यापर डि ए सिक्स्टी नाइन अर्थात सुदिन पोखरल लामो समयको अन्तरपछि स्टेज उत्रदैछन् । आयोजकक अनुसार करिव १५ वर्ष पछि कुनै वेला एउटै व्याण्डमा सहकार्य गरेका गिरिश खतिवडा र सुदिन पोखरेल एकै पटक स्टेजमा देखा पर्दैछन् । कार्यक्रममा स्थानिय कलाकारहरुका बिबिध प्रस्तुतिहरु पनि रहनेछन्।
स्वादिस्ट नेपाली खानाहरुको स्टल रहने उक्त कार्यक्रममा नेपालीहरुको पहिलो हार्डली डेभिडसन समूह गोर्खाज हार्डली ग्रुपको पनि सहभागिता रहनेछ भने कार्यक्रमलाई एपि वान एच डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ।  सिड्नीका अलवा व्रिस्वेनमा फेव्रुअरी २४, एडिलेडमा मार्च १, क्यानवेरामा मार्च ३ र मेलर्वनमा मार्च ४ मा सो एक्सर्पट होली मेला संचालन हुनेछन्।