मन्त्रिपरिषद् विस्तार

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारजना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज एमालेको तर्फबाट ईश्वर पोखरेल रक्षा र पूर्व गर्भनर समेत रहेका डा.युवराज खतिवडा अर्थ तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।
त्यस्तै नेकपा माओवादीको तर्फबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् । रक्षामन्त्री बनेका पोखरेल मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहनेछन् ।