दर्शक र श्रोताको मन जित्दै राज र सुजाताको “आगन मा “

भिडियो सहित
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपाली गजल गायनमा निक्कै कर्णप्रिय गजलहरुले धेरै धेरै श्रोताको मन जितेका राज सिग्देल र अष्ट्रेलियालाई कर्मभूमि बनाएर निरन्तर संगित साधनामा कटिबद्द सुजता उपाध्यायको समुधर स्वरमा केहि हप्ता अगाडी मात्र सार्बजनिक भएको म्युजिक भिडियो सहितको गीत  “आगन मा ” ले धेरै भन्दा धेरै श्रोता र दर्शकको मन जितेको म्युजिक भिडियो प्रस्तोता थन्डरस्ट्रोम टिमले जनाएको छ।
अष्ट्रेलीयालाई नै कर्मभूमिको रुममा रोज्दै संगीतमा रमेका गायक तथा संगितकार किरण भण्डारीको शब्द,  संगीत र म्युजिक एरेन्ज रहेको यस गीत ‘यमन राग’लाई आधार मानेर कम्पोज गरीएको पनि भण्डारीले बताए।
 यस गीतको म्युजिक भिडियोमा कृष्ण मल्ल र मोडेल जेसिका कुमारले अभिनय गरेका छन् । कृष्ण मल्ल राम्रो चित्र कोर्छन र उनि  पेन्टर कृष्णको नामले चर्चित छन भने मोडल जेसिका कुमार टिन युनिभर्स अष्ट्रेलिया उपाधि जितेकि फिजि ईन्डियन हुन । उक्त भिडियोको छायांकन र सम्पादन किरण कै रहेको छ साथै भिडियो निर्माणमा सह- निर्देशन निरज खरेलको रहेको छ र मुख्य निर्देशनको मोडेल  कृष्ण मल्लले नै गरेका छन् ।
भिडियो –