विप्लवलाई पक्राउ पूर्जी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्वान्यवन गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टाँसिएको प्रहरीले जनाएको छ । विलप्वको घर सोहि जिल्लाको शिवराज नगरपालिकामा छ ।
कपिलवस्तु प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई ७० दिनभित्र जिल्ला अदालत भोजपुरमा हाजिर हुन भन्दै सूचना टाँस गरेको हो । समय समयमा भएको विस्फोटन र कर्तव्य ज्यानको अभियोगमा भोजपुर जिल्ला अदालतमा उनी विरुद्ध मुद्धा परेको थियो ।
भोजुर जिल्लामा मुद्धा परे पनि उनलाई भोजपुर जिल्ला अदालतमा हाजिर हुनको लागि स्थायी ठेगाना भएको जिल्लाको प्रहरीले सूचना टाँस गरेको हो। स्थानीयवासीको सहयोगमा चन्दको स्थायी ठेगाना शिवराज नगरपालिका-९ शिवगढीस्थित घरमा प्रहरीले ७० दिने म्याद तामेल गरेको हो । उनी ७० दिन भित्र भोजपुर जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ।