प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका तीन चौथाइ बढीको समर्थन

पक्षमा २०८, विपक्षमा ६०
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ सांसदको विश्वासको मत पाउनु भएको छ । प्रधानमन्त्री ओलीले आज आइतबारको संसद बैठकमा २०८ मत पाउनु भएको छ । प्रधानमन्त्रीको विपक्षमा ६० मत खसेको छ । माओवादी केन्द्रको समर्थनमा फागुन ३ मा प्रधानमन्त्री बन्नु भएका ओली प्रधानमन्त्री भएको २५ दिनमा विश्वासको मत लिनु भएको हो ।

प्रधानमन्त्री ओलीलाई एमाले र माओवादीका साथै मधेशी दलहरु संघीय समाजवादी फोरम र राजपाले मत दिए । त्यस्तै राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि मत दिएका छन् । उहाँको विपक्षमा भने ६० मत खसेको छ ।

कांग्रेसका साथै नेमकिपाले प्रधानमन्त्रीलाई मत दिएनन् । नयाँ शक्ति पार्टीका एकमात्र सांसद बाबुराम भट्टराई बैठकमा उपस्थित नै भएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।