यी हुन् मन्त्री बन्ने भाग्यमानीहरु

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विस्तार हुने भएको छ । त्यसका लागि नेकपा माओवादी केन्द्र तथा एमालेले मन्त्रीको नाम टुङगो लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाँँच मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट बुझाएका छन् । त्यस्तै, नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग को छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

एमालेबाट छानिएका मन्त्रीहरु
प्रदिप ज्ञवाली – परराष्ट्र मन्त्राबलय
गोकर्ण विष्ट – श्रम तथा रोजगार मन्त्रालय
रविन्द अधिकारी – पर्यटन मन्त्रालय
रघुवीर महासेठ – भौतिक पुर्वाधार मन्त्रालय
जगत विश्वकर्मा – युवा तथा खेलकुद मन्त्रालय
गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री

माओवादीबाट छानिएका मन्त्रीहरु
वर्षमान पुन- उर्जा तथा रजलस्रोत मन्त्रालय
गिरिराजमणी पोखरेल – शिक्षा मन्त्रालय
शक्ति बस्नेत – वन मन्त्रालय
चक्रपाणी खनाल- कृषि तथा शहकारी मन्त्रालय
विना मगर – खानेपानी मन्त्रालय

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा साम्राज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।