फेसबुककाे न्युजफिडमा पनि परिवर्तन

सोसल साइट फेसबुकले आफ्नो न्यूज फिडमा समेत परिवर्तनको योजना सार्वजनिक गरेको छ । फेसुबकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधारिकारिक फेसबुक पेजमार्फत व्यवसाय, ब्राण्ड तथा मिडियालाई पोस्टको कम महत्व तथा यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी परिवर्तन गर्न लागेको जानकारी दिएका छन् । उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसंगको, साथीसंगको सम्बादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ । नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुर्याउने संस्थाहरुको लोकप्रियतामा भने कमि आउनसक्ने उनले स्विकारेका छन् । यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ । उनीहरुले फेसुबकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्न सक्नेछन् । जनवरीको तेस्रो सातादेखि ती परिवर्तनहरुको प्रभाव देख्न थालिएको छ । जुकरबर्गको भनाइ छ–‘हाम्रो समुदायबाट हामीले के प्रतिक्रिया पाएका छौं भने सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड तथा मिडियाबाट भैरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु हल्लाउँदैछ, जसले हामीलाई एकअर्कासंग जोड्नका लागि नेतृत्व गर्छ ।’ जुकरबर्गले फेसुबकको दुरुपयोग रोक्न तथा प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारे । उनले परिवर्तन पश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यावन हुने आशा पनि व्यक्त गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



