ज्याक्लिनको अवतार

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

अभिनेत्री ज्याक्लिन फर्नान्डिजको बलिउड इन्ट्री विशेष थिएन । उनले प्रारम्भिक चरणमा अभिनय गरेका केही फिल्महरु फ्लप भएका थिए । यद्यपि सलमान खानसंग फिल्म किकमा अभिनय गरेपछि उनको करियरले उचाइ लियो । जुडवा–२ को सफलतापछि ज्याक्लिनको माग ह्वात्तै बढ्यो । यतिबेला उनी सलमान खानसंगै रेस–३ को सुटिङमा व्यस्त छिन् । यसैबीच ज्याक्लिनसंग सम्बन्धि अर्को एउटा खबर सार्वजनिक भएको छ । उनी नयाँ फिल्म ड्राइवमा बिकिनीमा प्रस्तुत हुने भएकी छिन् । त्यसो त ज्याक्लिनको बिकिनी अवतार दर्शकहरुले चलचित्र जुडवा–२ मै देखिसकेका छन् । ड्राइवमा भने ज्याक्लिनले सेतो रंगको बिकिनी लगाउने छिन् । उक्त फिल्ममा ज्याक्लिनले रेस कार ड्राइभरको भूमिका निर्वाह गर्ने बताइन्छ । फिल्ममा उनको भूमिका निकै बोल्ड हुने अनुमान गरिएको छ ।