सेनाको उच्च तहमा नेपाली

एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर फेब्रअरी १ का दिन लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ भएको छ । ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले भनेका छन्–‘म एकदम खुसी छु । यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइ पुगिएला भन्ने सोचेकै थिइना ।’ उनको पदावधि अब करिव ५ वर्ष हुनेछ । ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए । ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन् । यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...