दुई थोपा हाँसो

संयुक्त अरब इमिरेट्स् (युएई), बहराइन तथा ओमनमा ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएर सिस्नुपानी नेपालका कलाकार तथा साहित्यकारहरुको टोलि स्वदेश फर्किएको छ । फेब्रअरी १ का दिन युएईबाट प्रारम्भ भएको यात्रा मस्कटमा सम्पन्न भएको हो । श्रमशील नेपालीलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देश सहित स्वास्थ्य परामर्श एवं मनोरन्जन दिने उद्देष्यले विगत तीन वर्षदेखि सञ्चालित अभियानको यो तेस्रो श्रृंखला हो । ‘यूएईको राजधानी अबुधाबीबाट प्रारम्भ भएको यो श्रृंखला दुबई, एलेन, शारजहाँ हुँदै फुजेरामा पुगेर युएई संस्करण सम्पन्न गरेका थियौं’, सिस्नुपानीका महासचिव टंक आचार्यले भने– ‘हास्यव्यंग्य, योग सम्बन्धी सचेतनादेखि साहित्यिक प्रस्तुतिलाई दर्शकहरुले मन पराए ।’ समसामयिक राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा रहेका विकृति र विसंगति माथिको प्रहारदेखि स्वास्थ्य परामर्श तथा अन्य मनो–सामाजिक सचेतनामा प्रस्तुति केन्द्रित रहेको उनले जनाए । टोलीमा सिस्नुपानी अध्यक्ष तथा व्यंग्यकार लम्मण गाम्नागें, कवि अर्जुन पराजुली, कलाकार मनोज गजुरेल, महासचिव आचार्य तथा जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रबिन्द्र समीर थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...