दुई थोपा हाँसो

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

संयुक्त अरब इमिरेट्स् (युएई), बहराइन तथा ओमनमा ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएर सिस्नुपानी नेपालका कलाकार तथा साहित्यकारहरुको टोलि स्वदेश फर्किएको छ । फेब्रअरी १ का दिन युएईबाट प्रारम्भ भएको यात्रा मस्कटमा सम्पन्न भएको हो । श्रमशील नेपालीलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देश सहित स्वास्थ्य परामर्श एवं मनोरन्जन दिने उद्देष्यले विगत तीन वर्षदेखि सञ्चालित अभियानको यो तेस्रो श्रृंखला हो । ‘यूएईको राजधानी अबुधाबीबाट प्रारम्भ भएको यो श्रृंखला दुबई, एलेन, शारजहाँ हुँदै फुजेरामा पुगेर युएई संस्करण सम्पन्न गरेका थियौं’, सिस्नुपानीका महासचिव टंक आचार्यले भने– ‘हास्यव्यंग्य, योग सम्बन्धी सचेतनादेखि साहित्यिक प्रस्तुतिलाई दर्शकहरुले मन पराए ।’ समसामयिक राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा रहेका विकृति र विसंगति माथिको प्रहारदेखि स्वास्थ्य परामर्श तथा अन्य मनो–सामाजिक सचेतनामा प्रस्तुति केन्द्रित रहेको उनले जनाए । टोलीमा सिस्नुपानी अध्यक्ष तथा व्यंग्यकार लम्मण गाम्नागें, कवि अर्जुन पराजुली, कलाकार मनोज गजुरेल, महासचिव आचार्य तथा जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रबिन्द्र समीर थिए ।