मलेसियामा श्रमिक सचेतना

नेपाली दूतावासले कामदार बढी कार्यरत मलेसियाका दुई मुख्य शहरहरु जोहोरबारु र पेनाङमा श्रमिक सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाली श्रमिकहरुको जनचेतना अभिबृद्धि गर्ने र उनीहरुको गुनासो बुझ्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको दूतावासले जनाएको छ । दूतावासले पेनाङ र जोहोरबारुमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा दूतावासको कन्सुलर सेवा लगायत अन्य सेवाहरु, सरोकारवाला विभिन्न निकायबाट प्रदान गरिने सेवा, मलेसियामा रहंदा भइपरि आउन सक्ने समस्या तथा तिनका समाधानका उपाय, स्वास्थ्यसम्बन्धी अपनाउनु पर्ने सावधानी, उनीहरुका हक, हित र जेल तथा फिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दार एवं कानुनी सहायताबारे जानकारी गराइएको थियो । कार्यक्रममा कार्यबहाक राजदुत कुमार राज खरेल, द्वितीय सचिवहरु प्रेमराज गौतम, विनोद मुखिया, महेश्वर मणि त्रिपाठी श्रम काउन्सिलर बद्री बहादुर कार्की लगायतले ती विषयहरुमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी नेपाली एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले दूतावासका अधिकारीहरुसमक्ष आफूहरुले देखे भोगेका विभिन्न समस्याबारे जानकारी गराउँदै समाधानबारे जिज्ञासा राखेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...