वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी यशोदा श्रेष्ठ सुवेदीको सोमबार राती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबबाट पीडित यशोदाको सोमबार राति १०ः४५ बजे हरिसिद्धीस्थित अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।
यशोदाको जन्म २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा भएको थियो । ३५ वर्षअघि २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३–४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
उनको आज मंगलबार बिहान साढे ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।