गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गरेका छन् । ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुल नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय अन्तर्गतका निकायको समयसीमा तोकेरै सुधारका कामको खाका प्रस्तुत गरिएको छ ।
कार्ययोजनामा नीतिगत र कानूनी तथा संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, सूचना प्रविधिमा आधारित गृह प्रशासन, विपद् जोखिम न्यूनीकरणमा क्षमता अभिवृद्धि, सेवा प्रवाह तथा सुशासन लगायतलाई लक्ष्य गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको विभिन्न ऐन एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने, राष्ट्रिय सुरक्षा नीतिले मार्गदर्शन गरेअनुरुप आन्तरिक सुरक्षा नीति चालु आव २०७४र७५ भित्रै सम्पन्न गरिसक्ने र विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीको सम्बन्धमा स्पष्ट नीति तयार पारिने कार्ययोजनामा उल्लेख छ ।
त्यसैगरी सुरक्षा निकायको संयुक्त परिचालनसम्बन्धी कार्यविधि तयार पार्ने, निजामती र प्रहरी प्रशासनको सरुवा– बढुवा– काज तथा पदस्थापना मापदण्ड तर्जुमा गरी लागू गर्ने र आर्थिक सहायता वितरणलाई पारदर्शी बनाउन मापदण्ड तर्जुमा गरिने लगायत रहेको छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...