रारा तालमा फ्रि वाइफाइ

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गतेदेखि ताल वरपर निःशुल्क वाईफाई सेवा सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन वर्ष–२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा निःशुल्क वाईफाई सेवा सञ्चालन गर्न लागेको हो । रारा आउने पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर थप गर्ने तयारी पनि भइरहेको छ ।
कर्णाली सरकारले २०७५ सालमा कर्णाली प्रदेशका १० जिल्लामा कर्णाली पर्यटन वर्षको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाखमा कर्णाली पर्यटन वर्ष–२०७५ को रारा तालबाट उद्घाटन गर्ने कार्यक्रम छ ।