इतिहास रचिदै – पहिलो नेपाल महोत्सब अष्ट्रेलिया डार्विन शहरमा 

-- कृष्ण रानाभाट, डर्विन ?>
अष्ट्रेलियाको नर्दन टेरोटरिको डार्बिन शहरमा इतिहास मै पहिलो पटक नेपाल महोत्सव-२०१८ को आयोजना हुदैछ ।  एनआरएनए अष्ट्रेलिया नर्दन टेरोटरि (एनटि) राज्य समिति  र डार्विनको पुरानो संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि (एनएएनटी )ले समंयुक्त रूपमा आयोजना गरेको र सम्पूर्ण नर्दन टोरिटोरिको साथ अनि सहयोगमा हुदै गरेको यो फेस्टिभल संगै  बर्षौ देखिको नर्दन टोरिटोरि वासि नेपालिहरुले देखेको सपना अप्रिल १४ मा पुरा हुदै छ। नेपालको कला संस्कृति र रहनसहनलाई बिश्वमाझ प्रस्तुत गर्दै प्रर्यटन प्रर्बधनमा टेवा दिने उदेश्यले एनआरएनए अष्टेलियाले अष्ट्रेलियाका प्रमुख शहरहरूमा पटक पटक यस्ता महोत्सवको आयोजना गर्दै आएको छ ।  यसै क्रममा यसबर्ष ‘एक देश,अनेकन कथा’ भन्ने मूल संदेशका साथ नेपाल महोत्सब २०१८ अष्ट्रेलियाका सबै प्रमुख शहरहरुमा मनाउने लक्ष्य अनुरुप यस बर्ष गत २ हप्ता अगाडी पर्थबाट यसको सुरुवात भइ सकेको छ।
डार्विनको परिप्रेक्ष्यमा नेपालीहरुको उपस्थीत र बिभिन्न ठाउँमा बसाइका कारण देखिएको भौगोलिक कठिनाई,आर्थिक समस्या र समय समयमा देखिएको केन्द्रिय नेत्तृत्वमाहुनेहरु को उदासिनताका कारण यस्ता प्रकारका कार्यक्रम बिगतमा हुन नसके पनि ति समस्याहरु लाई चिर्दै यस पटक यस पटक डार्बिन शहरले एउटा इतिहास रच्दै छ ।  यसका लागि यहाँको स्थानिय नेपालि समुदायका अग्रजहरूको प्रयास स्मरण योग्य छ, जसको समयले र भोलि इतिहासले समेत उच्च मुल्यांकन अबश्य गर्नेछ।  यति ठुलो वजेटको कार्यक्रम गर्नु आफैमा आर्थिक कोणबाट निकै चुनौतिपुर्ण  बिषय हो यद्यपि स्थानिय स्तरमा निकै लोकप्रिय रहेको नेपालिहरूको साझा संस्था एनएएनटी र एनआरएनए (एनटि) जस्तो सबल टिम सहितको सहकार्यबाट यो आर्थिक जटिलतालाई सहज बनाउन सम्भव भएको हो।  
नेपाल महोत्सबको चर्चा गर्दै गर्दा म यहाँ   एनएएनटीको भुमिकाको सान्दर्भिकतालाई पनि जोडन चाहन्छु।  डार्विनमा  एनएएनटी  नेपालि समुदाय बिच अत्यन्त लोकप्रिय रहदै आईरहको छ हाम्रा कला संस्कृति मौलिक परम्पराहरु लाई निरन्तरता दिदै नेपालि समुदायलाई एउटै मालामा गाँस्दै आएको छ। स्थापनाकाल देखि आजसम्म एक दशक पार गर्दै गर्दा अग्रजहरूको सफल र सवल मार्गदर्शनका कारण एनएएनटी ले नर्दन टेरिटोरिको सरकारि तह सम्म एउटा अलग्गै पहिचान बनाई सकेको छ । यो सम्सत नेपालि समुदायको लागि गौरवको विषय हो । आज १०अौ वर्ष गांठको खुसि  हजारौ दर्शकको माझ डार्विनको मुुटु वाटर फ्रन्टमा बाँड्दै गर्दा विभिन्न कालखन्डमा समुदायका ब्यक्तिहरूले गर्नु भएको योगदान नेपाली समुदायमा जिवन्त बनेर रहेको भान हुन्छ। यिनै जिवन्त देनहरूले नै हामिलाई आज नेपालि भनेर पहिचान गराएको छ। अबका दिनमा दिन प्रति दिन बढदो नेपालि समुदाय र यहिँ जन्मेका हाम्रा सन्ततिहरु लाई हाम्रो संस्कृति कला र पहिचान प्रति कसरि प्रेरित गर्न सकिन्छ भन्ने थप जिम्मेबारि आएको छ।
 आज हरेक चुनौतिको सामना गर्दै नर्दन टेरोटेरिमा  एनअारएनए एनटि आफुले समुदाय संग बाचा गरेका प्रतिबद्दताहरु लाई एतिहासिक रुपमा पुरा गगर्दैछ।  यो संस्थामा कुनै कार्यक्रम गर्नको लागि आर्थिक सहयोग जुटाउन लागि कत्तिको कष्ट र अफ्ठ्याराहरु झेल्नु पर्दछ भन्ने कुराको मर्म त्यहि भित्रका साथिहरु लाई थाह होला यसका अलाबा यति बृहत कार्यक्रम सम्पन्न गराउने कुरामा सबैको चित्त बुझाएर धेरै किसिमका हप्कि-दप्कि र आरोप प्रत्यारोपहरु लाई चिर्दै डार्विन शहरवाट नेपाल महोत्सबको शंखघोष गर्दै १४ अप्रिलमा नेपालि झन्डा फहराउदै छ। यो भन्दा गर्वको विषय यहाँको नेपाली  समुदायका लागि अरु के नै हुन सक्ला र ? त्यसैले समूदायका हरेक सदस्य जिम्मेवार भएर यसलाई समाज सेवाको अबसरको रूपमा लिई  सफल पार्नु पर्ने आजको हामी सबैको साझा आबश्यकता छ।
नर्दन टेरोटरिको नेपाल महोत्सव तथा नेपाली नयाँ वर्षको माध्यमबाट राष्टको प्रर्यटनप्रबर्धनमा यसले नयाँ आयाम पक्कै थप्ने छ। नर्दन टेरोटेरिम एनएएनटी  र एनआरएनए एनटी जसरि उदाहरणको रुपमा प्ररस्तुत भएर यो मेघा इभेन्ट सफल पर्न हातमा हात मिलाएका छन्। एनआरएनए अष्ट्रेलिया अन्तर्गतका राज्य समितिहरु ले यसरि नै अष्ट्रेलियाका सबै राज्यहरूमा त्यहाँ सक्रिय स्थानीय र पुराना संस्थाहरु संग समन्बय गरेमा यस्ता कार्यक्रमहरु मा सबैको अपनत्व हुने र कार्यक्रम सोचे भन्दा सफल हुने कुरा निश्चित छ।