भारत भ्रमण उपलब्धिमूलक भएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनु भएको छ । भारतको तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमनत्रीले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने वर्तमान सरकारको नीति रहेको धारणा व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले यो पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग आफ्नो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताउनु भयो । ‘नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीनवटा अलगअलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ, प्रधानमन्त्रीको भनाइ छ ।
विषयगत रुपमा ऊर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने बारेमा दुवै पक्षबीच सहमति भएको उहाँले जानकारी दिनु भएको छ ।
भ्रमणमा दुई मुलुकबीच ‘कनेक्टिभिटी’ प्रवर्द्धनका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्गसम्बन्धी परियोजनाको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको पनि उहाँले बताउनु भयो । नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय द्विपक्षीय छलफलका अतिरिक्त भारतीय व्यापारिक समुदाय, विद्वत वर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तक्रियामा समेत प्राथमिकताका साथ उठाएको उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको तर्फबाट भ्रमण बारे जारी गरिएको विज्ञप्ति परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वाचन गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली गत अप्रिल ६ का दिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नु भएको थियो ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...