यसकारण थपे ह्यारीले नेपाल बसाइ अवधि

काठमाडौं— नेपालको ५ दिने भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीले बुधवार साँझ आश्चर्यजनक रुपमा आफ्नो भ्रमणको अवधि ६ दिन थपेका छन् । ‘नेपाल जस्तो सुन्दर देशमा मैले भेटेका तमाम मानिसका कारण यहाँबाट छोडेर जान धेरै गाह्रो भएको छ, बुधवार साँझ काठमाडौंमा आफ्नो भ्रमण अवधि लम्ब्याएको घोषणा गर्दै ह्यारीले भने— ‘म अहिल्यै छोडेर जान्न’ । राजकुमार ह्यारीले ६ दिन भ्रमण समय थप गरेका हुन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार राजकुमार ह्यारी आज बिहिबार स्वदेश फर्किनु पर्ने थियो । बुधवार बेलायती दूतावासको रात्रीभोजमा सहभागी भएका ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय बनाउने काम गर्नु पर्नेछ भन्दै भ्रमणको अवधि थपेका हुन् ।
ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको बेलायती संस्था रुविकन यूकेसंग काम गर्ने वेलायती दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पाँच दिनदेखि नेपाल भ्रमणमा रहेका ह्यारीले भूकम्पपछिको पुनर्निर्माणमा लागिरहेका मानिस देख्दा आफू पनि सहभागी हुन इच्छा लागेका बताएका छन् । ‘नेपाललाई छोडेर जाने बेला यो सुन्दर देशको मद्धतमा थोरै भएपनि सहयोग गर्न पाउँदा म निकै खुसी छु’ ह्यारीले भनेका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...