यसकारण थपे ह्यारीले नेपाल बसाइ अवधि

![g]kfn e|d0fdf /xg'ePsf j]nfotL /fhs'df/ Xof/L ndh'ªsf] ko{6sLo ufpF uf}F8f–& n]p/fgLdf /xg'ePsL k"j{;}lgs kTgL dªunL tfdfªsf ;fy . tl:a/ M Clif/fd clwsf/L, /f;;, ndh'ª .](http://www.nepalitimes.com.au/wp-content/uploads/2016/03/Harry_in_Nepal-300x184.jpg)
काठमाडौं— नेपालको ५ दिने भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीले बुधवार साँझ आश्चर्यजनक रुपमा आफ्नो भ्रमणको अवधि ६ दिन थपेका छन् । ‘नेपाल जस्तो सुन्दर देशमा मैले भेटेका तमाम मानिसका कारण यहाँबाट छोडेर जान धेरै गाह्रो भएको छ, बुधवार साँझ काठमाडौंमा आफ्नो भ्रमण अवधि लम्ब्याएको घोषणा गर्दै ह्यारीले भने— ‘म अहिल्यै छोडेर जान्न’ । राजकुमार ह्यारीले ६ दिन भ्रमण समय थप गरेका हुन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार राजकुमार ह्यारी आज बिहिबार स्वदेश फर्किनु पर्ने थियो । बुधवार बेलायती दूतावासको रात्रीभोजमा सहभागी भएका ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय बनाउने काम गर्नु पर्नेछ भन्दै भ्रमणको अवधि थपेका हुन् ।
ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको बेलायती संस्था रुविकन यूकेसंग काम गर्ने वेलायती दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पाँच दिनदेखि नेपाल भ्रमणमा रहेका ह्यारीले भूकम्पपछिको पुनर्निर्माणमा लागिरहेका मानिस देख्दा आफू पनि सहभागी हुन इच्छा लागेका बताएका छन् । ‘नेपाललाई छोडेर जाने बेला यो सुन्दर देशको मद्धतमा थोरै भएपनि सहयोग गर्न पाउँदा म निकै खुसी छु’ ह्यारीले भनेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...