खनालद्वय प्रहरीको उच्च पदमा नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नया आईजीपी नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो ।
बुधबार मध्यरातिदेखि दुबै प्रहरी संगठनका प्रमुखले अनिर्वाय अवकास पाउने भएपछि सरकारले मंगलबार दोस्रो पटक बसेको बैठकले खनालद्धयलाई आईजीपी नियुक्ति गरेको हो ।
२०४६ साल चैत २९ गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएका सर्बेन्द्र खनाल नेपाल प्रहरीभित्र केही गर्न सक्ने अधिकृतको रुपमा चिनिनुहुन्छ । २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गर्नुभएका सर्बेन्द्र खनालले नेपाल प्रहरीको २६ औ प्रहरी महानिरीक्षकको कमाण्ड सम्हाल्नु हुने भएको हो । तनहुहृमा जन्मनु भएका खनालले अबको २४ महिना नेपाल प्रहरीको कमाण्ड सम्हाल्नुहुने भएको छ ।
सशस्त्र प्रहरी बलको १० औं महानिरीक्षकमा नियुक्त हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल २०४९ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नु भएका खनालले २०५८ सालमा सेवा परिर्वतन गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...