चितवन समाज अष्ट्रेलियाको साधारण सभा सम्पन्न 

छबि सापकोटाको अध्यक्षतामा नयाँ समिति गठन 
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
चितवन जिल्लाबाट अष्ट्रेलिया आइ अध्यान, ब्यबसाय र बिभिन्न पेशा गरेर बसेका चितवनबासीहरु को संस्था  चितवन समाज अष्ट्रेलियाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। गत ७ अप्रिलका दिन संस्थाका निबर्तमान अध्यक्ष बुद्दि डल्लाकोटीको अध्यक्षतामा सिड्नीमा बसेको  साधारण सभाले संस्थाका बिबिध समसायिक गतिबिधिमा छलफल गर्दै छबि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ।
कार्य समितिका अन्य पदाधिकारीहरुमा  उपाध्यक्षमा अनिल पोखरेल, सचिवमा विकास बर्तौला, सह-सचिवमा उत्तम सडौला, कोषाध्यक्षमा सीता सुबेदी र सह-कोषाध्यक्षमा आशिस उप्रेती निर्विरोध चयन भएका छन् । यसै गरि नब गठित कार्य समितिको प्रबक्त्तामा रमेश थापा र पब्लिक अफीसरमा पुरूषोत्तम सडौला चयन भएका छन् । कार्यसमितिका सदस्यमा धर्मराज अधिकारी, मणि सिलवाल, आनन्द पाठक, सुजन बर्तौला, रूपक अधिकारी, गणेश खरेल, लेख गुरूङ, राम डल्लाकोटी, विजय रेग्मी, निरन्जन बिसुराल, कामना गिरी, श्याम सुन्दर गीरी र बिनोद पौडेल छन्। अन्य दुइ सदस्यहरु पछि मनोनित गरिने पनि संस्थाले जनाएको छ।
साधारण सभाले १७ सद्स्स्यी सल्लाहकार समिति पनि गठन गरेको छ।  सर्बसम्मत कार्यसमिति चयन र साधारण सभाको समापन पछि निवर्तमान अध्यक्ष बुद्दि डल्लाकोटी ले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै अष्ट्रेलियामा रहेका चितवनबासी र चितवनलाई माया गर्ने सबै प्रति कृतज्ञता व्यक्त गर्दै नयाँ कार्यसमति प्रति आफ्नो सम्पूर्ण  सहयोग रहने र सबैबाट यस्तै सहयोगको निरन्तरताको लागि आह्वान गरे ।  त्यसरी नै  द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै नब निर्बाचित अध्यक्ष छबि सापकोटाले आफुलाई  संस्थाको यो गरिमामय पद सम्म पुराउने सबैलाई धन्यवाद बयक्त गर्दै चितवन समाज अष्ट्रेलिया अष्ट्रेलियामा रहेका नेपली समुदायका सबै संस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने बताए।  संस्थाका बिगतका कार्यहरुलाई निरन्तरता दिदै संस्थालाई चितवन जिल्लाको लागि यहि बसेर गर्न सकिने बिबिध परोपकारी योजनामा अष्ट्रेलिया भारी कै चितवन बासी हरुलाई समेट्ने पनि अध्यक्ष सापकोटाले बताए।