नेपाल म्यानिया २०१८ उत्साहजनक रुपमा सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
फरक विधाका कलाकारहरु, फेशन शो, गयन, नृत्य अनि पेंटिंग जस्ता उत्साह प्रद प्रस्तुतिहरु लाई एउटै मंचमा समेट्दै  नेपाल म्यानिया २०१८ उत्साहजनक रुपमा समपन्न भएको छ । नेपाली संगीत क्षेत्रमा एउटा भिन्न र फरक धारको परिचय बनाएका कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठको बिशेष प्रस्तुति त्यस्तै गरि अहिलेकी चर्चित नायिका निता ढुंगानाको नृत्यमा सहभागीहरुले भरपुर मनोरंजन लिएका थिए। यसै गरि सिड्नीलाई कर्मभूमि बनाएर संगीत साधनालाई निरन्तरता दिइरहेका प्रतिभाहरु सुरेश चौहान, मेघना ज्ञावाली,  प्रिज्मा अर्याल र बादल प्रसाईको प्रस्तुतिहरु लाई पनि सहभागीहरुले तालि र वान्स मोरले साथ दिएका थिए । 
कार्यक्रमको अर्को रोचक प्रस्तुतिको रुपमा पेन्टर कृष्णका नामले परिचत र आफ्ना धेरै सिर्जनाले सिड्नीमाझ परिचत बनिसकेका कृष्णले कार्यक्रम स्थल मै रंगहरु संग खेल्दै १० मिनेट भन्दा छोटो समयमा गौतम बुद्द र नेपालको झन्डा अंकित पेंटिंग तयार गरि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नेपालबाट आएका प्रतिभाशालि प्रस्तोता बिबेक खतिवडा अनि सिड्नीका परिचत मदन कोइरालाले संचालन गरेको उक्त कार्यक्रम सिड्नीबासि नेपालीहरुको ठुलो संख्यामा उपस्थिति थियो।  एयसएपी इन्टरटेन्मेण्टले नयाँ बर्षको अवसर परेर सिड्नीको रक्डेलमा ८ अप्रिलका साँझ सम्पन्न उक्त कार्यक्रममा बिक्रि भएको टिकटबाट प्रति टिकट  १ डलर नेपालको एक अनाथालयको लागि दान गरिने आयोजक संस्था एयसएपी इन्टरटेन्मेण्टको तर्फबाट  सन्तोष अधिकारीले बताए । कार्यक्रम समापन संगै नेपाल कला संस्कृति र गीत संगीतलाई माया गरि कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबै प्रायोजक, कलाकारहरु, दर्शक र मिडियाकर्मी लगाएत स्वयमसेवकहरुलाई आयोजक संस्थाको तर्फ बाट सन्तोष अधिकारीले धन्यवाद बयक्त गरेका छन्।
 
(Photo: Roshan’s Photography)