श्रृंखलालाई मिस नेपाल वल्र्ड–२०१८ को उपाधि

काठमाडौं– हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडाले मिस नेपाल वल्र्ड–२०१८ को उपाधि जितेकी छिन् । दरवारमार्गस्थित होटल अन्नपूर्णमा बुधवार राती सम्पन्न प्रतियोगितामा श्रृंखलाले अन्य २४ प्रतिस्पर्धिलाई पछि पारेकी हुन् । मिस नेपालको उपाधिसंगै श्रृंखलाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । श्रृंखला मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् ।
५ फिट ६ इन्च अग्ली श्रृंखलाले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्टमा स्नातक गरेकी छिन् । लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन् । प्रतियोगिताका मुख्य निर्णायक गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएका चारलाई शीर्ष विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा मनिता देवकोटाले मिस नेपाल यूनिभर्सको उपाधि जितेकी छिन् । प्रिया सिग्देलले मिस नेपाल अर्थको उपाधि जितिन् भने रोनाली अमात्यले मिस नेपाल इन्टरनेशनलको एवार्ड जित्न सफल भइन् ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...