गायिका मेलिना राईलाई आँखा लगाउँदै गायक विरेन्द्र श्रेष्ठ

काठमाडौं– गीतकार अम्बिका गुरुङले आफ्ना स्रोता तथा दर्शकहरुलाई नयाँ वर्ष २०७५ को पहिलो दिन नै एउटा सांगीतिक कोशेली दिएकी छिन् । गीतकार गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी हुन् ।
लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउँछन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
धुलिखेलको एउटा रिसोर्टमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।
अमेरिकामा बस्दै आएकी कवयित्रित्री तथा गीतकार गुरुङले नयाा बर्ष २०७५ को उपलक्षमा सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुभकामना स्वरुप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको हो । ।
गायक विरेन्द्र श्रेष्ठले पनि नयाा बर्षको अवसरमा शुभकामना सहित नयाँ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत संगीतलाई माया गरीदिन आग्रह गरेका छन् ।
शंकर थापाद्वारा संगीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायांकन गरेका हुन् ।
यस्तो छ भिडियो
https://youtu.be/Hv3voPnIfm8

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...