गायिका मेलिना राईलाई आँखा लगाउँदै गायक विरेन्द्र श्रेष्ठ

काठमाडौं– गीतकार अम्बिका गुरुङले आफ्ना स्रोता तथा दर्शकहरुलाई नयाँ वर्ष २०७५ को पहिलो दिन नै एउटा सांगीतिक कोशेली दिएकी छिन् । गीतकार गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी हुन् ।
लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउँछन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
धुलिखेलको एउटा रिसोर्टमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।
अमेरिकामा बस्दै आएकी कवयित्रित्री तथा गीतकार गुरुङले नयाा बर्ष २०७५ को उपलक्षमा सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुभकामना स्वरुप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको हो । ।
गायक विरेन्द्र श्रेष्ठले पनि नयाा बर्षको अवसरमा शुभकामना सहित नयाँ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत संगीतलाई माया गरीदिन आग्रह गरेका छन् ।
शंकर थापाद्वारा संगीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायांकन गरेका हुन् ।
यस्तो छ भिडियो
https://youtu.be/Hv3voPnIfm8
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...