राराबाट प्रधानमन्त्रीको सम्बोधन

रारा– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को अवसरमा मुगुको रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन गर्दै लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गर्नु भएको छ ।
मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको स्पष्ट पार्नु भयो ।
उहाँको भनाइ थियो–‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’
अहिले पनि के नेपाल बन्छ रु के यो सरकारले हाम्रा सपना पूरा गर्छ रु भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै ओलीले भन्नु भयो– ‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामर्थ्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नु भयो ।
राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताउनु भयो ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी पनि दिनु भयो ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...