काठमाडौंको एयरपोर्ट २१ घण्टा सञ्चालन हुने

काठमाडौं– आगामी महिनादेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।
काठमाडौंमा पर्यटनविद्हरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन गर्ने लक्ष्य रहे पनि तत्काल सम्भव नभएको बताएका हुन् ।
उनका अनुसार मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुग्ने गरी काम गर्ने योजना छ । कार्यक्रममा उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको समूह बनाउने तयारी गरिएको पनि जानकारी दिए । बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि मन्त्री अधिकारीले स्वीकार गरे ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...