भूकम्प प्रभावितलाई एनआरएनए थाइल्याण्डको छात्रवृत्ति

काठमाडौं– गोरखा र दोलखामा भूकम्पबाट प्रभावित ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको पहलमा स्थापना भएको नागरिक छात्रवृत्ति कोषले भूकम्प प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
छात्रवृत्ति हस्तान्तरण समारोहमा एनआरएनए थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ, नागरिक अभियानको तर्फबाट प्रल्हाद कार्की, मेगा बैंकका प्रतिनिधि तथा कान्तिपुर सिटी कलेजका एक स्वयंसेवकको टोलीले एक हप्ता लगाएर दुबै जिल्लाका चार विद्यालयमा छात्रवृत्ति वितरण गरेको हो ।
कोषका संस्थापक तथा एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष प्रा। खगेन्द्रराज ढकालका अनुसार असहाय तथा गरिब बिद्यार्थीलाइ मध्य नजर राखेर स्थानीय नागरिक अभियान (Civil Initiative) ले उक्त कोषको संचालन एवं व्यवस्थापन गर्नेगरी उक्त दिर्घकालिन कोषको स्थापना भएको थियो । सोहि अनुरुप पहिलो ५ वर्ष गोरखा र दोलखाका भूकम्पबाट प्रभावित विपन्न समुदायका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्यण गरिएको थियो ।
गत बर्ष काठमाडौंमा आयोजित कार्यक्रममा तत्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठले यस कोषको उद्घाटन गरेका थिए ।
गैरआवासीय नेपाली संघ थाइल्याण्डका तत्कालिन अध्यक्ष ढकालको नेतृत्वमा २०७४ सालमा ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको थियो । त्यसको लगत्तै मेगा बैंकले पनि छात्रवृति कोषमा बार्षिक तीन लाख योगदान गर्ने सम्झौता गरेको थियो ।
तीनै वटा संस्थाको सक्रिय सहभागिताका साथ छात्रवृति परियोजनाले मुर्त रुप पाएको भन्दै ढकालले सबै साझेदार सस्थाहरुलाई धन्यवाद दिएका छन् । उनले छात्रवृति प्राप्त गर्ने विद्यार्थी र बिद्यालयलाई वधा समेत ज्ञापन गरे ।
सरकाले विद्यार्थी भर्नाका लागि अहिले सुरु गरेको पहललार्इ यो छात्रवृत्तिले बीचमा पढाई छोड्ने दरमा कमी ल्याएर अध्ययनलाई निरन्तरता गराउन सहयोगी भूमिका खेल्ने ढकालको विश्वास छ ।
प्राथमिक तहमा भर्ना भएका विद्यार्थी १२ कक्षा पूरा नहुँदै करिब ६५ प्रतिशतले विद्यालय छोड्ने गरेको निकै डरलाग्दो तथ्यांक रहेको ढकालले जानकारी पनि दिए ।
गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभूमे माध्यमिक विद्यालय र कालिनाग माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
प्रत्येक विद्यालयबाट छनोटमा परेका १० जनाका दरले चार विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नागरिक अभियानका अध्यक्ष डा। हिराप्रसाद ढकालले जानकारी दिए ।
एनआरएनए थाइल्याण्डको उपाध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार शिक्षा मन्त्रालयका प्रतिनिधि, स्थानीय गाउँपलिकाका प्रतिनिधि र विद्यार्थी एवं अभिभावकहरुको रोहवरमा कार्यक्रम गरेर छात्रवृत्ति वितरण गरिएको थियो ।
सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा अध्ययनरत पिछडिएका समुदाय, भूकम्प वा द्वन्द्व प्रभावित, अपांगता भएका, गरिबीको रेखामुनी रहेका, अनाथ वा एकल अभिभावक वा अपांगता भएका अभिभावकका छोराछोरी जस्ता आधारहरूमा उक्त छात्रवृत्ति निर्धारण गरिएको थियो ।
शैक्षिक सत्र २०७५ मा कक्षा ९ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरी आरम्भ गरिने सो छात्रवृत्ति निज विद्यार्थीहरूले कक्षा १२ सम्म पाउने गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आशाजित अवालेले जानकारी दिए।
विद्यार्थीको विद्यालय पोसाक, जुत्ता, खाजा, स्टेशनरी सामग्री र ब्यागका लागि निर्धारण गरिएको छात्रवृत्तिवापत प्रतिविद्यार्थी प्रतिशैक्षिक सत्र १४ हजार ५०० रुपैयाँ पाउनेछन् । सुरुवातको वर्ष भएकोले गैरआवासीय नेपाली संघ थाइल्याण्डले उक्त रकमको अतिरिक्त एक झोला र कापी कलम पनि उपलब्ध गराएको संघका कोषध्यक्ष गुरुङले बताए ।
अक्षयकोष निर्माणका लागि बैंककमा आयोजित ५ दिने नेपाल मेला २०१५, ‘एभरेष्ट बेस–क्याम्प’ नामक किताबको रोयल्टीबाट प्राप्त रकम, विभिन्न कार्यक्रममार्फत संकलन गरिएको रकम संकलन गरिएको संघका महासचिव रवि महर्जनले जनाएका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...