उत्तर र दक्षिण कोरियाबीच युद्ध अन्त्य गर्ने सहमति

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुबीच युद्धको अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच शुक्रवार भएको शिखरवार्तामा युद्धको अन्त्य र कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।
शिखरवार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका थिए । किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए ।
दुई नेताबीच डिमिलिटराईज क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा रुपान्तरण गर्ने, एक अर्काविरुद्धको प्रचार अन्त्य गर्ने र अन्तरदेशीय रेलवे तथा सडक सञ्जाल विस्तार गर्ने लगायतका सहमति समेत भएको छ ।

त्यस्तै यो वर्षको एशियन गेमलगायतका खेलकुद गतिविधिमा संयुक्त सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजे दक्षिण कोरियाली भूमिमा पाइला टेकेका थिए ।

दक्षिण कोरियाली भूमिमा पाइला टेकेपछि त्यहाँको ‘पीस हाउस’को आगन्तुक पुस्तिकामा उनले लेखे– ँशान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ ।”