प्रदेश सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्नु भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले तीनै तहका सरकारले सुशासन र आर्थिक विकासमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि उपलब्ध मानवीय स्रोत, साधन, सीप र औजारको अधिकतम प्रयोग गर्न निर्देशन समेत दिनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको फाइदाका लागि हुने सिण्डिकेट, घुसखोरी तथा बन्द हडताल जस्ता गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आजै लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सम्बोधन गर्ने कायृक्रम छ ।