बैकुण्ठ मानन्धर संग सिड्नीमा पदयात्रा हुदै 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
नेपालको झन्डा बोकेर ४ पटक सम्म ओलम्पिक ट्रयाकमा दौडी सकेका बैकुण्ठ मानन्धर आउदो हप्ता सिड्नी आउदैछन।  मानन्धरको सम्मानार्थ अष्ट्रेलियामा क्रियाशील चितवन समाज अष्ट्रेलियाले अतिथिको रुपमा निम्त्याएर आउदो मे ५ तारिखका दिन बिहान आठ बजे बाट शान्ति पदयात्राको आयोजना गर्न लागेको समाजका अध्यक्ष छबि सापकोटाले बताए ।  उक्त पदयात्रा  बैकुण्ठ मानन्धर संग गफ्फिदै उनका कुरा हरु सुन्दै सहभागी हुन सबैलाई चितवन समाज अष्ट्रेलियाले हार्दिक अनुरोध गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरले सन् १९८७ मा राखेको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन I
कार्यक्रममा सहभागिता जनाउनको लागि सहयोग स्वरूप प्रतिव्यक्ति १० डलर र प्रति परिवार २० डलर शुल्क राखिएको छ।
कार्यक्रममा सहभागी हुन चाहनेहरुले अनलाईन लिंक मार्फत फर्म भर्न सकिनेछ जसका लागि तलको लिंकमा क्लिक गरि दर्ता गर्न अनुरोध गरिएको छ।  https://docs.google.com/forms/d/e/1FAIpQLSftqFbb1RLxUvJ8YSZOFFszN5ZMpdbSD0CjqeX-zcXJHJXLLw/viewform