सुन प्रकरणमा एसएसपी पक्राउ

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् ।
मोरङ प्रहरीको पत्रका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो । महाशाखामा उनको कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यसअघि नै पक्राउ परिसकेका छन् ।