नेपालमै मेडिकल ड्रोन

नेपालको लोकप्रिय सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक स्वचालित मानवरहित मेडिकल ड्रोन निर्माण गरेको छ, जुन चाँडै नै बजारमा आउने भएको छ । म्याग्दि जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताएका छन् । ड्रोन बनाउने क्रममा पटक–पटक परीक्षण उडानसमेत गरिएको छ । ड्रोनले औषधि लिएर गन्तव्यस्थान पुगी औषधि छोडेर एयरपोर्टमा फर्किनेछ । ‘अप्रिल महिनाको पहिलो–दोस्रो हप्तामा म्याग्दीको दुर्गम गाउ“बाटै परीक्षण उडान गर्नेछौं । स्वास्थ्य मन्त्रालयसँग एक प्रकारको सम्झौतासमेत भइसकेको छ,’ पुनले भने । नेपालका अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधि ढुवानी, विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल सामग्री पुर्याउनसमेत सहज हुने उनले बताए । औषधि ओसारपसार गर्न पहिलोपटक प्रयोग गर्न लागिएको ड्रोनले अन्तर्राष्ट्रियस्तरका आविष्कार केन्द्रलाई समेत आकर्षित गर्ने बताइएको छ । पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृह मन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताए । ‘नियमित औषधि ढुवानी गर्न केही समय लाग्छ । केन्द्रबाट एक्लै गर्न खोजेको छैन,’ पुनले भनेका छन् । पुनका अनुसार नयाँ सृजनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउन केन्द्र सफल भएको छ । ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवाहरू व्यस्त रहेका छन् । करिव २० किलोमिटरसम्म उडान भर्न सक्ने ड्रोन बनाउने सोच रहेको केन्द्रले जनाएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...