यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं– सरकारले सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट लगाउन नपाउने नियम बनाएपछि आन्दोलित भएका यातायात व्यबसायी आन्दोलन फिर्ता लिएका छन् ।
यातायात व्यबसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्यको नाममा आज शनिवार बिहान जारी प्रेस विज्ञप्ति अनुसार आज २०७५ बैशाख २२ गते शनिवारदेखि सार्वजनिक यातायात चलाउने उल्लेख छ ।
यातायात व्यबसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्य वार्ताद्वारा समस्या समाधान गर्ने भन्दै आन्दोलन फिर्ताको घोषणा गरेका छन् ।
यातायात व्यबसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक कर्मचार्यबाट सार्वजनिक यातायात सेवालाई यथावत सुचारु गर्न सम्पूर्ण व्यवसायी, समितिहरु, प्रालिहरुलाई अनुरोध गरिएको छ ।
यातायात व्यबसायीहरुले हिजो शुक्रवार सार्वजनिक यातायात नचलाउने, गाडीहरु ग्यारेजमा थन्क्याउने कार्य गरेपछि सरकारले कडा कदम चाल्दै आन्दोलनमा उत्रिएका यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले बैशाख २१ गते विभिन्न जिल्लाबाट पक्राउ गरेको थियो ।
गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभ्ेरपलाञ्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जना छन् ।
गृहमन्त्रालयले अन्य जिल्लाबाट पनि पक्राउ परेकाको विवरण आउनेक्रम जारी रहेकाले यो संख्या बढ्नसक्ने जनाएको छ । सप्तकोशी बस व्यवसायी संघ, कोशी बस व्यवसायी संघ, मेची बस व्यवसायी संघ, सगरमाथा बस व्यवसायी संघ, चितवन यातायात बस व्यवसायी संघ, काभ्रे मिनीबस बस व्यवसायी संघ, कालिका यातायात सञ्चालक समिति, पश्चिम यातायात बस व्यवसायी समिति, कर्णाली बस व्यवसायी संघ, कर्णाली रिभर यातायातलगायत यातायात समितिका पदाधिकारी पक्राउ परेका हुन् ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ । सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उनले दिएका छन्।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...