जान्हबीको सुरक्षामा अर्जुन

अभिनेत्री श्रीदेवीको निधनपछि उनका सौतेनी छोरा अर्जुन कपुर आफ्ना बहिनीहरु तथा श्रीदेवीका छोरीहरु जान्हबी तथा खुशीसगं नजिक हुन थालेका छन् । हालसालै एउटा पारिवारिक जमघटमा बोनी कपुर आफ्ना दुवै छोरीका साथमा अर्जुन कपुरको घर पुगेका थिए । अर्जुनलाई भेट्न जाँदा जान्ह्रवी डिप नेक फ्लोरल गाउनमा सजिएकी थिईन् । उनले लगाएको उक्त पहिरन निकै पारदर्शी थियो, जसबाट भित्री पहिरन पनि देखिन्थ्यो । एउटा अनलाईनले उनको उक्त पहिरनको बारेमा गसिप नै बनायो । बहिनीको पहिरनको चर्चाले अर्जुनको रिसको सिमा रहेन । जसकारण उनले जान्हवीको पहिरनको समाचारको स्क्रिनसट सोसल नेटवर्कमा पोस्ट गरेर त्यो अनलाईनलाई तथानाम गाली गरे । साथै उनले अनलाइनमा त्यस्ता किसिमका समाचार प्रकाशित गरेर मानिसको ध्यान केन्द्रित गर्नु भनेको लाजमर्दो कुरा भएको टिप्पणी गरे । जान्हबी पछिल्लो समय धडक शीर्षकको फिल्ममा व्यस्त छिन् भने अर्जुन परिणीति चोपडासँग चलचित्र नमस्ते इंग्ल्यान्डको छायांकनमा व्यस्त छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...