जान्हबीको सुरक्षामा अर्जुन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अभिनेत्री श्रीदेवीको निधनपछि उनका सौतेनी छोरा अर्जुन कपुर आफ्ना बहिनीहरु तथा श्रीदेवीका छोरीहरु जान्हबी तथा खुशीसगं नजिक हुन थालेका छन् । हालसालै एउटा पारिवारिक जमघटमा बोनी कपुर आफ्ना दुवै छोरीका साथमा अर्जुन कपुरको घर पुगेका थिए । अर्जुनलाई भेट्न जाँदा जान्ह्रवी डिप नेक फ्लोरल गाउनमा सजिएकी थिईन् । उनले लगाएको उक्त पहिरन निकै पारदर्शी थियो, जसबाट भित्री पहिरन पनि देखिन्थ्यो । एउटा अनलाईनले उनको उक्त पहिरनको बारेमा गसिप नै बनायो । बहिनीको पहिरनको चर्चाले अर्जुनको रिसको सिमा रहेन । जसकारण उनले जान्हवीको पहिरनको समाचारको स्क्रिनसट सोसल नेटवर्कमा पोस्ट गरेर त्यो अनलाईनलाई तथानाम गाली गरे । साथै उनले अनलाइनमा त्यस्ता किसिमका समाचार प्रकाशित गरेर मानिसको ध्यान केन्द्रित गर्नु भनेको लाजमर्दो कुरा भएको टिप्पणी गरे । जान्हबी पछिल्लो समय धडक शीर्षकको फिल्ममा व्यस्त छिन् भने अर्जुन परिणीति चोपडासँग चलचित्र नमस्ते इंग्ल्यान्डको छायांकनमा व्यस्त छन् ।