मोदीको भ्रमणका लागि जनकपुरमा उच्च सुरक्षा सतर्कता

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि प्रदेश नम्बर २ को राजधानी जनकपुरको सुरक्षा व्यस्था कडा पारिएको छ । यसका साथै जनकपुरमा भोलि शुक्रवार सार्वजनिक विदाको घोषणा गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको मौका पारेर जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जनकपुर आसपासका क्षेत्रमा माक्स लगाएर हिँड्न समेत प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न पनि निषेध गरेको हो ।
मोदीको भ्रमण कार्यक्रमलाई मध्यनजर गर्दै शुक्रवार बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र माक्स लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि शुक्रबार जनकपुर आउँदैछन् । मोदीले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।
जनकपुरमा नागरिक अभिनन्दनमा सहभागि भए लगत्तै मोदी काठमाडौँ आउने कार्यक्रम छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...