वेश्याको भूमिकामा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

बलिउड अभिनेत्री विद्या बालनको फिल्म  ‘बेगम जान’ रिलिज भएको करिव एक वर्ष भयो । सन् २०१७ मा रिलिज भएको उक्त फिल्ममा विद्याले कोठीको नाईकेको भुमिका निभाएकी छिन् । त्यसो त विद्या पहिलो त्यस्ती अभिनेत्री होईनन्, जसले फिल्ममा वेश्याको भूमिका निर्वाह गरेकी हुन् । सन् १९७४ मा रिलिज भएको ‘मनोरन्जन’ नामक फिल्ममा जिनत अमानले पनि वेश्याको भुमिका निभाएकी थिईन् । त्यसो त सन् २००४ मा रिलिज भएको फिल्म ‘चमेली’ मा अभिनेत्री करीना कपुरले पनि वेश्याकै भूमिका निर्वाह गरेकी थिइन् । एउटा तथ्यांक अनुसार बलिउडमा त्यस्ता २० वटा फिल्महरु रिलिज भएका छन्, जसमा विभिन्न अभिनेत्रीहरुले वेश्याको चुनौतीपूर्ण भुमिका निर्वाह गरिसकेका छन् ।