दुई दिने भ्रमणमा आज नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रवार तेस्रोपटक नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । राजनीतिक र धार्मिक भ्रमणका सिलसिलामा नेपाल आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री मोदीजनकपुरको जानकी मन्दिरमा हुने विशेष पूजा–आजा, नागरिक अभिनन्दन ग्रहण गर्दै रामायण सर्किटको उद्घाटन समारोहमा सहभागि हुनु हुनेछ । रामायण सर्किटमा भारतका करिव एक दर्जन धार्मिकस्थलसहित, श्रीलंकाका धार्मिकस्थल, नेपालको जनकपुर तथा जानकी मन्दिर समेटिएका छन् ।
पशुपतिमा विशेष पूजा
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि शनिबार पशुपतिनाथको दर्शन र विशेष पूजा गर्नु हुनेछ। मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएलगत्तै उहाँले पशुपतिको पूजा गर्ने कार्यतालिका तय भएको हो । शनिबार बिहान सबेरै मोदी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्दै हुनुहुन्छ । त्यहाँबाट फर्किएपछि बिहान साढे १० बजेपछि उहाँले पशुपति दर्शन गर्ने समय तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। ४ वर्ष अघिको भ्रमणका क्रममा मोदीले पशुपतिनाथमा करिब एक घन्टा विशेष पुजा–आजा गर्नुभएको थियो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिती
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षाका लािग काठमाडौं उपत्यकामा २४ घण्टा सुरक्षाकर्मी परिचालन गरिएका छन्। ‘हाई अलर्ट’का साथ बर्दीसहितका र सादा पोसाकका सुरक्षाकर्मी आलोपालो खटिएका हुन् । काठमाडौं भित्रिने प्रमुख नाका, पशुपति, बौद्ध–जोरपाटी, ठमेल र सुरक्षा संवेदनशील मानिएका अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन भएका छन् । भारतीय पक्षको आग्रहमा मुस्लिम बाहुल्य क्षेत्र र उपत्यकाका सम्भावित संवेदनशील क्षेत्रमा रात्रीकालीन र नियमित अनुगमन भइरहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । सामान्य अवस्थामा पनि शंकास्पद चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी, चेक जाँचसहित पैदलयात्रुमाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित काठमाडौंमा ११ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको छ भने, जनकपुरमा ४ हजार र मुस्ताङमा २ हजार सुरक्षाकर्मी खटिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...