जनकपुर ओर्लिए मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा स्वागत
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जनकपुर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि शुक्रवार बिहान जनकपुर अवतरण गरेका छन् । यसअघि हेलिकोप्टरबाट जनकपुर आउने भनिए पनि मोदी एटिआर विकानबाट जनकपुर अवतरण गरेका हुन् । उनी एयर इन्डियाको विमानबाट जनकपुर आएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी सवार विमान बिहान १०:४३ मा जनकपुर विमानस्थलमा अवतरण गरेको हो । भारतीय प्रधानमन्त्री मोदीसँगै विमानमा उनका सुरक्षा सल्लाहकार अजित डोभल पनि जनकपुर ओर्लिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाइ रक्षामन्त्री इश्वर पोखरेल तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।
यस लगत्तै जानकी मन्दिर परिसरबाट मोदीले नेपाली प्रधानमन्त्री ओलीसँगै जनकपुरलाई रामायण सर्किटसँग जोड्ने घोषणा गर्ने कार्यक्रम छ।
यसैबीच, नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।